पार्टी निर्णय नमान्ने चेतावनी दिएको छैन : मन्त्री श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले 'पार्टी निर्णय र नेतृत्वलाई चूनौति दिएको' भनेर चलाइएको भ्रामक प्रचार अभियान प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आफूले पार्टीको निर्णय नमान्ने चेतावनी नदिएको पनि प्रष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘विशेषतः मलाई मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेतृत्वप्रति म सदा आभारी छु । मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु । पार्टी निर्णय नमान्ने चेतावनी दिएको भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै यस्तो भ्रममा नपर्न आम जनसमुदाय, सञ्चार जगत तथा सम्बन्धित सबैमा अपील गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक