आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्वदेशी मौलिक उत्पादनको निर्यात बढाउनुपर्छ : अध्यक्ष मल्ल

सोमबार, २३ जेठ २०७९, १५ : ०५
सोमबार, २३ जेठ २०७९

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशी मौली उत्पादनको निर्यात वृद्धिमा जोड दिनुपर्ने बताएका छन । राजश्व परामर्श समितिले आज आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मल्लले यस्तो बताएका हुन । 
यस्तै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट गरेको करको प्रक्षेपणलाई सघाउन नीजि क्षेत्र तयार रहेको बताए । ‘बजेट राम्रो छ भनेर हामिले स्वागत गरि सकेका छौ । बजेटमा रहेका केही कमि कमजोरी राजश्व परामर्श समितिले सहजीकरण गर्छ भन्ने चेम्बरको अपेक्षा छ’ उनले भने, ‘बजेटले कृषि र जलविद्युतलाई  बिशेष प्रथामिकता दिएको छ ।’ 

यस्तै, बजेटको आकार सुरुमा ठूलो राख्ने र पछि घटाउने परिस्थिती यो बर्ष आउन नहुने मल्लले बताए । ‘पहिला ठूलो राख्ने र पछी घटाउने नीति छ । यसलाई सच्याउनुपर्छ । बजेट बिचमा घटाइयो भने करदाताको टाउकोमा तबला बजाउने हुन सक्छ’ मल्लले भने । यसै गरेर अहिले उपत्यका र ठुला सहरका व्यवसायीले मात्र कर तिर्ने अवस्था रहेकोमा यो स्थिती देशभर बिस्तार गर्न सकेमा ४०–४२ प्रतिशत राजश्व बढाउन सकिने उनले बताए । 

डन्डि, सिमेन्ट र जुत्ता चप्पल निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने व्यबस्था छ । तर नेपालको मौलिक उत्पादनहरू हस्तकला, उनी फेल्ट लगायतका बस्तुको निर्यात बढाउनु पर्ने मल्लले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप