आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जीवनराम श्रेष्ठ : दुईपटक सदस्य–सचिव र ओलम्पिक अध्यक्ष हुँदै मन्त्रीसम्म

सोमबार, २३ जेठ २०७९, १४ : ०६
सोमबार, २३ जेठ २०७९

नेपाली खेलकुद क्षेत्रमा बलियो शक्तिका रुपमा चिनिने जीवनराम श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी–एकीकृत समाजवादीका प्रमुख सचेतक हुन् ।  खेलकुद राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका श्रेष्ठ दुईपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र तीनपटक ओलम्पिक कमिटी नेपालका अध्यक्ष भएका व्यक्ति हुन् ।

उनी राखेपमा विसं. २०५३ सालमा पहिलो पटक सदस्य–सचिवका रुपमा नियुक्त भएका थिए ।  एकवर्ष मात्र सदस्य–सचिव पद सम्हालेका उनी २०६३ सालमा दोस्रो पटक सदस्य–सचिवका रुपमा नियुक्त भए ।  उनी १२ औँ र १६ औँ सदस्यसचिव थिए । जीवनराम श्रेष्ठ हालको नेपाल ओलम्पिक कमिटीको निर्वाचित अध्यक्ष हुन् । 

त्यस्तै सन् १९७७ मा एक वर्ष कमिटीको अध्यक्ष भए । त्यसपछि सन् २०१५ बाट हालसम्म दुई कार्यकालका लागि ओलम्पिक कमिटीका अध्यक्ष बने । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । 

उनी नेपाल ओलम्पिक कमिटीको पूर्व महासचिव पनि हुन् । श्रेष्ठ नेपाल स्की संघका अध्यक्ष पनि हुन् । वि.सं २०२२ पुस १५ गते काठमाडौँमा जन्मिएका श्रेष्ठले वि.सं २०४२ देखि नेकपा (माले)मा प्रवेश गरेर राजनीति शुरु गरेका थिए । तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेका थिए ।  

नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उनलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । उनी २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा श्रेष्ठ नेपाली काँग्रेसका नवीन्द्रराज जोशीसँग पराजित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप