बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने, सबैभन्दा ठूलो बैंक बन्ने

सोमबार, २३ जेठ २०७९, १३ : ४७
सोमबार, २३ जेठ २०७९

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने भएको हो । 

केही दिन अघि मात्र इन्भेष्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुङ्गो लगाइएको थियो । उक्त सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैंकको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको स्रोतले बताएको छ । 

यदि यी दुईबीच मर्जर सफल भए हालसम्मकै ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । जुन हाल वाणिज्य बैङ्कहरू मध्येकै ठूलो बैंक ‘ग्लोबल आईएमई बैंकको भन्दा ८ अर्बभन्दा बढी चुक्ता पुँजी पुग्नेछ । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । थप मर्जरपछि बन्ने बैंकको चुक्तापुँजीमा स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले ३४ अर्बभन्दा बढी हुने छ । 

मर्जरका लागि दुवै बैंकको सञ्चालक समितिले अबको दुई हप्ताभित्रै सम्झौता गर्ने तयारी गरेको छ । यद्यपि, मर्जरपछि बन्ने बैंकको नाम भने अहिले नै यकिन भइसकेको छैन । दुवै बैंकले आ–आफ्नो नामको अस्तित्व खोजेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप