श्वेत गंगा हाइड्रोपावरको आईपीओ खुल्ला
सोमबारदेखि श्वेत गंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले जेठ २३ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाका बासिन्दाहरूलाई कुल निष्कासनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १ सय कित्ता सेयर छुट्याएको छ ।
साथै, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँ पालिकाको वडा नं ५, ६ र ८ र मन्थली नगरपालिकाको वडा नं ११ र १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नं १ र ३ लाई समेत कुल निष्कासनको २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २५० कित्ता सेयर निष्कासन गरेको छ ।
त्यस्तै, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाई ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा असार ६ गतेसम्म र ढिलोमा असार २१ गतेसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?