एन्फामा दोहोरिने तयारी गरेका शेर्पा भन्छन्, ‘अधुरो काम पूरा गर्नुछ’

अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नयाँ कार्यकालका लागि तयारी गर्दैछन् । २०७४ सालमा बहुमतले विजयी भएर एन्फा नेतृत्व सम्हालेका उनी अर्को कार्यकालका लागि उम्मेदवारी दिएका छन् । आफ्नो चार वर्षे कार्यकालमा दुई वर्ष कोरोना महामारीका कारण केही काम गर्न नसकिएकाले नयाँ कार्यकालका लागि तयारी गरिरहेको अध्यक्ष शेर्पाले बताए ।
‘म दोस्रो कार्यकाल यसकारण आउन चाहन्छु कि मैले गर्न खोजेका कामहरू केही अझै बाँकी छन् । त्यसलाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको हुँ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने । दुई कार्यकाल अध्यक्ष बन्न पाउने विधानमै व्यवस्था भएको उनले जनाए ।
उनले नेपाली फुटबलमा यसअघि हुन नसकेका काम आफ्नो कार्यकालमा भएको दाबी गरे । शेर्पाले आर्थिक नियमावलीदेखि लिएर कोचिङ लाइसेन्स, रेफ्री ट्रेनिङ लगायतको काम आफ्नो पालामा भएको बताए । नेपालमा नै ‘बी’ कोचिङ लाइसेन्स लिने परिपाटी बनाएको जानकारी पनि उनले दिए ।
शेर्पाले पछिल्लो समय एन्फा १४ करोड घाटामा गएको भन्ने कुरा झुटो भएको बताएका छन् । उनले एन्फाले फिफाबाट लिनुपर्ने १४ लाख डलर अझै बाँकी रहेको, त्यो आउँदा सबै बराबरी हुने बताए । चुनावको समयमा यस्तो कुरा आउनु स्वभाविक भएकाले आफूलाई कमजोर बनाउन रचिएको बहाना मात्र भएको उनको जिकिर छ ।
उनले खेलाडीलाई पुरस्कार दिने कुरामा एन्फाले ढिलाइ गरेको भने स्वीकारे । एन्फाका विभिन्न विधाका पुरस्कार दिन बाँकी छ । हामीले पुरस्कार दिँदैनौँ भनेका छैनौँ । कोरोनाका कारण विश्वकप छनोटका खेलहरू नेपालमा नहुँदा असहज भएको हो ।
शेर्पाले कार्यकालको अन्तिम समयमा खेलाडीहरूको विषयमा चर्को विवाद चुलिएको हुँदा त्यसलाई पनि समाधान गरेर जाने बताए । उनले छानबिन समितिले नै एएफसी एसियन कप छनोटपछि मात्र त्यो विषयमा कुराअघि बढाउन भनेपछि आफूहरू उक्त समयलाई कुरेर बसेको जनाउँदै खेलाडीले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको धारणा राखे ।
एन्फाको नयाँ कार्यकालका लागि शेर्पाविरुद्ध वर्तमान एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले शेर्पा भन्दा पहिले नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड