शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा आज यी दुई विधेयक पेस हुने

सोमबार, २३ जेठ २०७९, ०८ : २७
सोमबार, २३ जेठ २०७९

प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ । 

सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विधेयकबारे अन्तिम कार्यसूची बनाउनेछ । समितिलाई सम्भावित कार्यसूचीमा रहेका विधेयक​लाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप