६४ वर्षपछि वेल्स विश्वकपमा
सोमबार, २३ जेठ २०७९, ०५ : २८
प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको छ । कार्डिफमा भएको खेलमा वेल्स १-० गोलले विजयी भएको हो । कप्तान गेराथ बेलको फ्रिकक डिफ्लेक्ट हुँदै युक्रेनको पोष्टमा छिरेको थियो ।
योसँगै वेल्स कतारमा हुने विश्वकपको समूह बीमा परेको छ । सो समूहमा अमेरिका, इरान र इंग्ल्याण्ड रहेको छ । वेल्स पछिल्लोपटक सन् १९५८ मा विश्वकपमा छनोट भएको थियो । सन् १९५८ पछि वेल्सले विश्वकपमा छनोट हुने मौका नपाएको हैन । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चुनौतीमा असफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना