बेलायतमा गोर्खा कप : एफसी केन्ट विजयी
बेलायतका नेपाली माझ लोकप्रिय र सबैभन्दा ठूलो इभेन्टको रुपमा हेरिने यसपटकको गोर्खा कप एफसी केन्टले जित्न सफल भएको छ । यसपटकको २० औं गोर्खा कपमा कूल ४२ टिम सहभागी भएका थिए । १६ देखि ३९ वर्ष उमेर समूहको मेन क्याटेगोरीमा ३२, भेटानतर्फ ८ र लेडिज मेनमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा राङभाङ समाज यूकेलाई २–१ गोल अन्तरले पराजित गर्दै एफसी केन्टले उपाधि जितेको हो ।
जीतसँगै एफसी केन्टले नगद २५ सय पाउन्ड, शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्यो । यो वर्ष पहिलोपटक सहभागी भएर उपविजेता बनेको राङभाङले १५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्रसहितको दोस्रो पुरस्कार प्राप्त गरेर आफ्नो रोमाञ्चक यात्रा तय गरेको छ ।
यसैगरी, प्रतियोगिताको भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विजेता बन्यो । बीबीसीले नगद १५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने भेट्रान विधाको उपविजेता इलाम एफसीले नगद ८ सय पाउन्डसहितको पुरस्कार पाएको छ ।
गोर्खा कपमा यो वर्ष पहिलोपटक महिला टोलीले पनि प्रतिस्पर्धा गरेका थिए , जसमा मनोक्रान्ति टिम विजेता बन्दै नगद ५ सय पाउन्ड पुरस्कार प्राप्त गरेको छ भने महिलातर्फको उपविजेता ‘म खेल्छु’ समूहले तीन सय पाउन्ड नगदसहित दोस्रो पुरस्कार पायो । यसपाली मेन विधामा मिलन राई, भेट्रानमा खुम गुरुङ र महिलामा काजा उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । उत्कृष्ट म्यानेजरमा प्रेम गुरुङ छनोट भए ।
गोर्खा कपको मुख्य इभेन्ट फुटबल प्रतियोगिता भएपनि कार्यक्रमस्थल मिनी नेपाल जस्तै सिंगारिएको थियो । सन् २००३ देखि तमुधिं यूकेलो आयोजना गरेको गोर्खा कपले २० औं शृंखला पार गरिसकेको छ । बेलायतमा मात्र नभएर पोर्चुगल, बेल्जियम र जर्मनी लगायतका मुलुकबाट नेपालीहरुको सहभागिता रहने गोर्खा कप नेपालीहरुको महोत्सवको रुपमा आयोजना हुने गरेको छ । प्रतियोगितामा यसपटक करिब १० हजार मानिसहरु जम्मा भएको आयोजक संस्था तमुधिं यूकेले बताएको छ । विगतको इतिहासलाई हेर्दा सन् २०१६ मा अहिलेसम्मकै सबैभन्दा बढी करिब १३ हजार मानिस उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त