सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बार एसोसिएसन उदयपुरको अध्यक्षमा निरौला

आइतबार, २२ जेठ २०७९, २२ : २७
आइतबार, २२ जेठ २०७९

नेपाल बार एसोसिएसन उदयपुर इकाईको १६ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ । उदयपुर बार इकाईको अध्यक्षमा मोहनकुमार निरौला निर्विरोध चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोइराला र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छन् । सदस्यहरूमा दुर्गाकृष्ण पोखरेल, लक्ष्मीनारायण चौधरी, केदारबहादुर कटुवाल, कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री चयन भएका हुन् । 

पार्षद् सदस्यमा कृष्णबहादुर बस्नेत, गणेशप्रसाद दाहाल र ब्रह्मदेव चौधरी चयन भएको छ । बार एसोसिएसनको सभा हलमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला कार्यरत कानुन व्यवसायीहरूको उपस्थित रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप