शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अनौठो प्रतियोगिता : निकारागुवामा सबैभन्दा ठूलो ‘बेबी बम्प’ हुने गर्भवती महिलालाई पुरस्कार

आइतबार, २२ जेठ २०७९, २२ : ०१
आइतबार, २२ जेठ २०७९

मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी–बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ गर्भवती महिलाको सहभागिता रहेको थियो ।  प्रतियोगिताका जजले सबैको बेबी बम्प नापेपछि ५७ सेन्टिमिटर पेट भएको महिलालाई विजेता घोषित गरे । विजयीलाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै धेरै उपहार र पुरस्कार पनि दिइयो ।

९ महिनाकी गर्भवती भइन् विजयी

प्रतियोगिता ९ महिनाकी गर्भवती लेका रेबेकाले जितिन् । रेबेकाको बेबी बम्प ५७ सेमी वा २२ इन्च थियो, जुन प्रतियोगितामा सहभागी हुने कुनै पनि गर्भवती महिलाभन्दा बढी थियो । रेबेकाले जितपछि अवार्डसँगै फ्रिज, बेबी प्रोडक्ट र ५ हजार कर्डोबास (झण्डै १८ हजार नेपाली रुपैयाँ) जितिन् । रेबेकाका अनुसार उनको ठूलो बेबी बम्प देखेर उनकी एक साथीले उनलाई प्रतियोगितामा सहभागी हुन सल्लाह दिएपछि उनी त्यहाँ पुगेकी थिइन् ।

मदर्स डेमा स्थानीय रेडियो स्टेसनको पहल
प्रतियोगिता निकारागुआ देशको राजधानी मनागुवामा भएको थियो । प्रतियोगिताका लागि एक स्थानीय रेडियो च्यानलले निकारागुआको राष्ट्रिय आमा दिवस (मदर्स डे) को अवसरमा विशेष पहल गरेको हो ।

प्रतियोगिताका लागि देशभरबाट सहभागिताको लागि आह्वान गरिएको थियो । प्रतियोगितामा १९ जना महिलाको सहभागिता रहेको थियो । सबै सहभागीको बेबी बम्प होसियारीपूर्वक नापेपछि जजले रेबेकालाई विजेता घोषित गरे । 
दोस्रो र तेस्रो हुने महिलाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । सामाजिक सञ्जालमा यो अवधारणालाई धेरैले प्रशंसा गरे । मानिसहरूले यसलाई मातृत्वलाई उत्सवका रुपमा मनाउने उत्कृष्ट तरिका भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप