‘पुष्पा’ का मुख्य खलनायक नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित
आइतबार, २२ जेठ २०७९, २१ : ५१
सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुबन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् ।
ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आउका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी छन् र ह्रह्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत पाउँदा उत्साही भएको बताएकी छन् ।
नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लागेका हुन् ।
८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ । फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप