धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए समृद्धिको अर्थ छैन : अध्यक्ष ओली
![धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए समृद्धिको अर्थ छैन : अध्यक्ष ओली](https://rpcdn.ratopati.com/media/albums/kp-oli_V9vdWRcWJD.jpg)
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताएका छन् ।
अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, “वातावरणीय पक्षमा ध्यान दिन नसकिए विकास हुनुको मात्रै कुनै अर्थ हुँदैन । मानिस निरोगी रहन सकेनन् भने समृद्धिलाई उनीहरूले उपयोग गर्न सक्दैनन् ।” उनले आफू सरकारको नेतृत्वमा रहँदा सन् २०२० मा ‘हिमाल र वातावरण’ विषयमा सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराए । उक्त कार्यक्रम कोभिड–१९ का कारण स्थगन भएको थियो ।
अध्यक्ष ओलीले जापानले आणविक रेडियनबाट उत्पन्न विकिरणको संसर्गबाट देखिएका गम्भीर रोगहरूको सामना गर्नुपरेको सन्दर्भबारे चर्चा गर्दै धर्तीमा वातावरणको स्थायी प्रदूषणको प्रवृत्ति बढ्दै जाने र प्रतिरोधको क्षमता कम हुँदै जाने हो भने मानव सभ्यतामा चुनौती खडा हुने बताए ।
सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्यअन्तर्गत वातावरण एक प्रमुख लक्ष्य रहेको र हिमालहरूको देश नेपालले विश्वका लागि हिमालको महत्वबारे बुझाउन आफूले विश्वका मञ्चहरुमा कुरा उठाउने गरेको स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयङ्कर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन् : भीम रावल
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार
-
म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
-
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा
-
सानातिना सुधारले मात्रै सहकारीको समस्या समाधान हुन सक्दैन : महासचिव गुरुङ