एमाले निर्वाचन विभागले ओलीलाई प्रतिवेदन बुझाउने
नेकपा (एमाले) केन्द्रीय निर्वाचन विभागले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षात्मक प्रतिवेदन तयार पारेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विभागको बैठकले समिक्षात्मक प्रतिवेदन तयार पारेर अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो ।
पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले मंगलबारभित्र प्रतिवेदन तयार पारेर अध्यक्ष ओलीलाई बुझाउने निर्णय गरेको निर्वाचन विभाग उपप्रमुख समेत रहेका नेता निरज आचार्यले जानकारी दिए । एमाले निर्वाचन विभाग प्रमुखमा पार्टी उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
प्रतिवेदनमा निर्वाचनसम्बन्धि विभागले गरेका कामहरु समेटिने छन् । त्यसमा निर्वाचनको परिणामको विश्लेषणदेखि निर्वाचनका क्रममा देखिएका सवल र दुर्वल पक्षको समेत विश्लेषण गरिने आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल