बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रुसी तेललाई युरोपबाट विस्थापित गराउन अमेरिकाको यस्तो तयारी

आइतबार, २२ जेठ २०७९, २१ : ०९
आइतबार, २२ जेठ २०७९

अमेरिकाले इटालीको एनी एसपीए र स्पेनको रेपसोल एसएलाई भेनजुएलाको तेल ढुवानीमा छुट दिन लागेको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ । अमेरिकाको विदेश मन्त्रालयले दुई कम्पनीलाई चिठ्ठी लेखेर तेल ढुवानीको लागि ग्रीन सिग्नल दिएको रोयटर्सले लेखेको छ । भेनेजुयलाबाट युरोप ढुवानी हुने तेलको परिणाम त्यति धेरै नुहने र यसले विश्वव्यापी भाउमा पार्नसक्ने प्रभाव न्युन हुने एक स्रोतले रोयर्टसलाई बताएको समाचारमा उल्लेख छ । 

दुई कम्पनीको भेनजुएलाको सरकारी तेल तथा ग्यास कम्पनी पीडीभीएसएमा संयुक्त लगानी छ । यी तेलको ढुवानीलाई युरोपलाई भेनेजुयलाले तिर्न बाँकी ऋण रकमबाट कटौती हुने कम्पनीले बताएका छन् ।  स्रोत : व्लुमवर्ग


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप