आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हरिहरसँग विवाह गर्दै नीता

आइतबार, २२ जेठ २०७९, २० : ३२
आइतबार, २२ जेठ २०७९

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । दुबैले असारमा विवाह गर्न लागेका हुन् ।

दुबैले असारमा विवाह गर्ने तयारी गरेको नीता र हरिहरको प्रोडक्सनमा काम गर्दै आएका दिप्तप्रकाश अधिकारीले जानकारी दिए ।  हरिहर अधिकारीले असार २४ गते विवाह हुने बताए । उनले कुनै कारणले विवाहको मिति नसरेमा असार २४ गते हुने पुष्टि गरे ।  

करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ‘ह्रस्व दीर्घ’मा भिलेनको भूमिका साउथ कलाकार प्रदीपसिंह रावत देखिँदैछन् । विवाहमा सहभागी हुन रावत पनि नेपाल आउने बताइएको छ । नीता र हरिहरले एक टेलिभिजन कार्यक्रममा समेत लामो समयदेखि सहकार्य गरिरहेका छन् । उक्त कार्यक्रमको निर्देशक नीता हुन् भने संचालक हरिहर रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप