३५ लाख लुटमा प्रहरीकै समूह, मालिगाउँ वृत्तका हवल्दार पक्राउ
काठमाडौंको लैनचौरबाट ३५ लाख लुटपाट भएको घटनामा प्रहरीकै समूह संलग्न देखिएको छ । जेठ ८ मा लैनचौरस्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीलाई लुटेका थिए ।
सो लुटमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत मालिगाउँका हवल्दार शालिकराम नेपालीलाई पक्राउ गरेको छ । हवल्दार नेपालीलाई प्रहरी वृत सोह्रखुट्टेमा थुनामा राखिएको छ । लुटमा संलग्न अर्का एकजना पनि पक्राउ परेका छन् । लुटपाट भएको समयमा हवल्दार नेपाली ब्याडमिन्टन कोर्टमा गएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लुटमा प्रहरी संलग्न भएको तथ्य औपचारिक रुपमा पुष्टि गरेको छैन् ।
परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले सो घटनाबारे अनुसन्धान भइरहेको बताए । तर, प्रहरी पक्राउ बारे उनले बताउन चाहेनन् । लुटपाटमा नेपाल प्रहरी संगित विद्यालय र मानव बेचविखन ब्यूरोमा कार्यरत एकजना प्रहरीको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
