सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

आइतबार, २२ जेठ २०७९, २० : ०३
आइतबार, २२ जेठ २०७९

संघीय संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सोमबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने र कानुन मन्त्री  गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विद्येयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

यस्तै मन्त्रालयगत विनियोजन विद्येयकमाथि पनि छलफल हुने संसद सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप