शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली जिसस : निर्वाचनका लागि दुई समुहको मनोनयन दर्ता

आइतबार, २२ जेठ २०७९, १९ : ३८
आइतबार, २२ जेठ २०७९

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई समुहको मनोनयन दर्ता भएको छ । वैशाख ३० गते हुन लागेको जिससको निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमाले तथा नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनबाट प्रमुख पदमा नेपाली काँग्रेसका गौरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्यमा निर्वाचित पदमबहादुर कलेले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिका वडा नम्बर ८ मा वडा सदस्यमा निर्वाचित इन्दु चौधरीले मनोनयन दर्ता गराएकी हुन । जिसस निर्वाचनका लागि सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ ।

सत्ता गठबन्धनबाट उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट गौरीगंगा नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्यमा निर्वाचित खगराज भुषालले मनोनयन दर्ता गरेका छन् भने नेकपा एमालेबाट भजनी नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित राजेन्द्रप्रसाद खनालले मनोनयन दर्ता गराएका छन । सदस्य पदमा काँग्रेसका धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का तेजबहादुर चन्द, घोडाघोडी नगरपालिका वडा नम्बर ९ का विर्खबहादुर बुढा, एकीकृत समाजवादी पार्टीबाट मोहन्याल गाउँपालिका वडा नम्बर ५ का लोकेन्द्रबहादुर ताडीले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट भजनी नगरपालिका वडा नम्बर ६ का टीकाराज डंगौंरा, नेकपा एमालेका चुरे गाउँपालिका वडा नम्बर ६ का मानबहादुर साउद, वर्दगोरिया गाउँपालिका वडा नम्बर १ का रामचन्द्र कठरिया थारुले मनोनयन दर्ता गराएका छन ।

महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ६ की भावना चौधरी, टीकापुर नगरपालिका वडा नम्बर ९ की दिलु कामी र एकीकृत समाजवादी तर्फबाट गौरीगंगा नगरपालिका वडा नम्बर २ की जानकी देवी चौधरीले मनोनयन दर्ता गराएकी छिन् भने नेकपा एमालेबाट जोशीपुर गाउँपालिका वडा नम्बर ७ की गौरीदेवी जैशी, नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका वडा नम्बर ४ की दिलमाया विश्वकर्माले मनोनयन दर्ता गरेकी छिन ।

यस्तै, दलित वा अल्पसंख्यक सदस्य पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट कैलारी गाउँपालिका वडा नम्बर ३ की पार्वती विक र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिका वडा नम्बर ५ की सरिता भुलले मनोनयन दर्ता गराएकी छिन । जिसस निर्वाचनका लागि कैलालीमा काँग्रेसका आठ, नागरिक उन्मुक्तिका सात, एमालेका पाँच, माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका एक मतदाता रहेका छन् भने एक जना स्वतन्त्र रहेका छन् । 
धनगढी उपमहानगरपालिका मेयरमा विजयी गोपाल हमालले अहिलेसम्म जिसस निर्वाचनमा तटस्थ बस्ने बताउँदै आएका छन् । जिससमा विजयी हुन १४ मत आवश्यक रहेको छ । काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा १३ जना पुग्छन् भने नागरिक उन्मुक्ति र एमाले मिलेर १२ जना हुन्छ्न् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप