शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘बगान’ निर्माणको घोषणा, निर्देशनमा डेब्यु गर्दै सरोज

आइतबार, २२ जेठ २०७९, १८ : १५
आइतबार, २२ जेठ २०७९

अभिनेता सरोज खनाल पनि फिल्म निर्देशनमा देखिने भएका छन् । ‘बगान’ नामक फिल्मबाट उनी निर्देशनमा डेब्यू गर्न लागेका हुन् । आइतवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरियो । 

फिल्ममा रहने एक गीत ‘तिम्रो सुन्दर आँखा’ समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । जसमा सुरेश वाग्लेको शब्द, सुभाष भुसालको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर छ । रोमान्टिक थिममा तयार गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रमिला कार्कीको  अभिनय छ । 

फिल्ममा सरोज खनाल आफै पनि मुख्य कलाकारको रुपमा रहनेछन् । उनको अलवा नीर शाह, वसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीको फिल्ममा अभिनय रहनेछ ।  गीतलाई फिल्ममा कथा वाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए । ‘मैले अहिलेसम्म अभिनयबाट सिकेको र जानेको ज्ञान र अनुभव यो फिल्म निर्देशनमा प्रयोग गर्छु’ निर्देशक खनालले भने ।

कार्यक्रममा अभिनेता आकाश श्रेष्ठले सरोज खनाल जस्तो दिग्गज कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए । त्यस्तै नव अभिनेत्री प्रमिला कार्कीले मुर्धन्य कलाकारहरूसँग काम गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरिन् ।

फिल्मका निर्माता सुरेश वाग्ले हुन् । गौरीशंकर धुजु, उत्सव दाहालको छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्क फिल्ममा रहनेछ । नेपाली वेभसाइट डट कमको प्रस्तुति रहेको ‘बगान’की कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् । नेपालअघि नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप