आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुग्योः ओली

आइतबार, २२ जेठ २०७९, १८ : ०२
आइतबार, २२ जेठ २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको दाबी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै सरकारलाई यसबारे केही नलेज छ कि छैन ? भनि प्रश्न समेत गरे । 
विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताए । 

उनले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि स्मरण गराए । तर त्यो सन् २०२० मा कोभिडका कारण  अघि बढन नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो । 

‘हामी सरकारबाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु । पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के ? त्यो सबै टुंगियो कुरा । त्यसकारण अहिले यी सब कुराहरुतिर सरकारका मान्छेहरुलाई मलाई थाहा छैन । केही रुचि छ  कि छैन, नलेज छ कि छैन । उहाँहरु हेर्नु हुन्छ कि हुन्न ? मैले देखेको के हो भने–व्यूरोक्र्याटसले ड्राफ्ट गरिदिएका फरमेट भित्रका स्टेटमेन्ट बाचन गरिदिने सम्मको खालको स्थिति बनेको देख्छु । त्यसबाट हामीले अलिमाथि उठ्न जरुरी छ र, हामी हरेक नागरिक यसमा सजग हुन जरुरी छ ।’ ओलीले भने। 

अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप