बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गैरसांसद कुँवरलाई मन्त्री बनाउँदै एकीकृत समाजवादी

आइतबार, २२ जेठ २०७९, १७ : ५७
आइतबार, २२ जेठ २०७९

नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ । नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो ।

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ ।  तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो । अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइबार सिफारिस गरेको हो । 

पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसदलाई मन्त्री बनाउनुपरेको उपमहासचिव विजय पौडेलले जनाकारी दिए । ‘भूगोलको हिसावले पनि मिलाउनुपर्ने भयो त्यही भएर गैरसांसदलाई पनि मन्त्री बनाउन पार्टीले सिफारिस गर्यो’, पौडेलको भनाइ छ । कुँवर गत फागुन २१ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए । त्यसो त गैर सांसद मन्त्री बन्ने कुँवर एक्ला भने होइनन् । यसअघि नै गैरसांसद रहेका गोविन्द बन्दी कानुन मन्त्रीका रुपमा कार्यरत छन् । 

कुँवरसँगै मन्त्री बन्न लागेका मेटमणि चौधरी, भवानी खापुङ र जीवनराम श्रेष्ठ भने प्रतिनिधिसभा सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप