शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतको नीतिले खर्बौंको लगानी संकटमा– खाने तेल उद्योगी

आइतबार, २२ जेठ २०७९, १७ : ५२
आइतबार, २२ जेठ २०७९

खाने तेल उद्योगीहरूले भारतले लिएको पछिल्लो नीतिले आफूहरु समस्यामा परेको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगीहरूले भारतले लिएको शून्य भन्सार नीतिले नेपालका उद्योग संकटमा परेको जनाएका हुन् ।

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले नेपालमा सञ्चालित २२ वटा यस्ता उद्योग संकटमा परेको जनाएको छ । संघका अध्यक्ष सञ्जीव अग्रवालले भने, ‘भारतले विदेशबाट आयात हुने खाने तेलको कच्चा पदार्थको भन्सार शून्यमा झारेको छ । यसबाट नेपालका उद्योग समस्यामा परेका छन् ।’

यस्तै, आगामी आर्थिक वर्षको बजेटले नेपालमा खानेतेलको आयात भन्सार दर घटाउँदा थप समस्या चुलिएको संघको भनाइ छ । संघका अनुसार नेपालमा २२ वटा वनस्पति घ्यू तेल उद्योगमा करिब १ खर्ब रुपैयाँको लगानी भएको छ । भारत सरकारले लिएको पछिल्लो नीति र बजेटले लिएको नीतिले यी उद्योग समस्यामा परेको संघले बताएको हो ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालबाट भारततर्फ ८७ अर्ब रुपैयाँभन्दा धेरैको खानेतेल निकासी भएको छ । जुन, भारतको पछिल्लो नीतिले शून्यमा झार्ने सम्भावना बढेर गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप