सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री बन्न लागेकाहरूलाई माधव नेपालको निर्देशन : पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्नुस्

आइतबार, २२ जेठ २०७९, १७ : २०
आइतबार, २२ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने प्रक्रिया पुरानै रहेको प्रतिक्रिया दिएका छन् । आइतबार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेलगत्तै अध्यक्ष नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरु फेरबदल गर्ने कुरा पुरानै भएको र यो समय सान्दर्भिक रहेको बताएका हुन् । साथै अध्यक्ष नेपालले मन्त्रीको सपथ गर्न लागेका नेताहरुलाई पार्टीको प्रतिष्ठा बढाउनेगरी काम गर्न निर्देशन दिएका छन् । 

‘मन्त्री फेर्ने प्रक्रिया पुरानै हो र यो समय सान्दर्भिक पनि हो’, अध्यक्ष नेपालले पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए ।  नेकपा समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । निर्णयलगत्तै अध्यक्ष नेपालले नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । आइतबारै अध्यक्ष नेपालले मन्त्री बन्न लागेका नेताहरुलाई कार्यालयमा बोलाएर पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्न निर्देशन दिएका छन् । ‘

पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्न अध्यक्षले निर्देशन दिनुभयो । अरु पार्टीका मन्त्रीहरुले भन्दा फरक र नमुनायोग्य काम गर्न पनि सुझाव दिनुभयो’, अध्यक्ष नेपालको निर्देशनपछि मन्त्रीका रुपमा सरकारमा जान लागेका मेटमणी चौधरीले जानकारी दिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप