माधव नेपाललाई प्रश्न : मन्त्री फेरिएपछि २ नेताले पार्टी छाड्न लागेका हुन् ?
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्री नियुक्त हुने बेलामा नै ६ महिनाका लागि भनेर जानकारी गराएको बताए ।
उनले भने– ‘यो नियमित प्रक्रिया हो, पहिले नै हामीले ६ महिनासम्म मन्त्री रहने भनेका थियौं । सुरुदेखि नै भनेको कुरा हो ।’ २ जना मन्त्री पार्टीमा रहनुहुँदैन भन्ने कुरा छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले भने–‘पछि भनौँला ।’
आइतबार नेकपा एसले राज्यमन्त्री बाहेक पार्टीबाट मन्त्री भएका सबैलाई फिर्ता बोलाएर मन्त्रीका लागि नयाँ नाम सिफारिस गरेको थियो । मन्त्रीबाट हटाउन लागेको सूचना पाउने बित्तिकै मन्त्रीहरु प्रेम आले र विरोध खतिवडा पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
-
ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना पक्राउ
-
राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?
-
भिसा फ्री ट्रान्जिटको म्याद थपेर चीनले पुर्यायो १० दिन
-
सहकारी ठगहरू अब आकाशमाथि र जमिनमुनि भए पनि जोगिने अवस्था छैन : सूर्य थापा