आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वातावरण जोगाउन सबै सजग हुनुपर्छ : ओली

आइतबार, २२ जेठ २०७९, १७ : ०१
आइतबार, २२ जेठ २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले वातावरण विनाश हुनबाट रोक्न सबै नागरिक सजग र सचेत हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वातावरण विनाश हुनबाट रोक्न हामी एक्लैले केही गर्न नसकेपनि दुनियाँसँग मिलेर सहयोग गर्न सकिने बताएका हुन् । त्यसक्रममा ओलीले नेपालले वातावरणका सन्दर्भमा दुनियाँको ध्यानाकर्षण गराउन सक्नुपर्ने पनि बताए ।
‘यस विषयमा विश्वका फोरमहरुमा नेपालले आफ्नो दृष्टिकोण स्पष्टताका साथ राख्न सक्नुपर्छ’, ओलीले भने, ‘नेपालका लिडरहरू विश्व फोरममा जाँदा पुरातनवादी ढंगले कर्मचारीले लेखिदिएका फरम्याट र वक्तव्यका आधारमा सहभागिता जनाउने मात्रै होइन, धेरै गम्भीरताका साथ सजग ढंगले प्रस्तुत हुनुपर्छ ।’

उनले मानव जातिले बिगारेको भन्दा विकास र शहरी कारणले बिगारेको वातावरणलाई प्रकृतिले तीव्र गतिमा शुद्धीकरण गरेको भन्दै कतै धुलो उड्यो भने त्यो उडेको धुलोलाई एक छिनमा प्रकृतिले धुलो बसाइदिने बताए । मानव जातिमा तात्कालिक लाभ लिन, विकास वा शहरीकरणका नाममा कार्वन उत्सर्जन गर्ने होडबाजीले विश्वको वातावरण विग्रदो अवस्थामा रहेको बताए ।

उनले आणविक रेडियसनबाट क्यान्सरजस्ता गम्भीर रोगहरु बढ्दै गएको भन्दै त्यसतर्फ हामी गम्भीर हुन नसकेको बताए । साथै उनले आफ्नो सरकारको पालामा ‘सगरमाथा संवाद’ भनेर तय गरेपनि विविध कारणले उक्त सम्वाद हुन नसकेको भन्दै वर्तमान सरकारले वातावरण जोगाउन केही काम गरेजस्तो आफुलाई नलागेको बताए । त्यसक्रममा अध्यक्ष ओलीले वातावरण जोगाउने हो भने जंगलसँगै हिमाल जोगाउनतर्फ लाग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप