रूपनी गाउँकार्यपालिकामा जसपा र लोसपा विजयी
सप्तरीको रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक खुला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार कर्णले २२ मत र जनता समाजवादी पार्टीका नविना खवासले २१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनीहरूको निकटतम प्रतिद्वन्द्वीहरू नेकपा माओवादीका देवलाल मालीले सात, भुवनेश्वर इसरले सात र नेपाली काँग्रेसका ज्ञानेन्द्रकुमार इसरले पाँच मत प्राप्त गरेका थिए । यसैगरी, महिला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका पुनिताकुमारी मण्डलले २४, अनारदेवी पासवानले २३ जनता समाजवादी पार्टीका पुनमदेवी रजक २३ र रामकुमारी सदाले २२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनीहरूका निकटतम प्रतिद्वन्द्वी माओवादीका गुलावदेवी साफी सात मत, दानावती देवी साहले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय रुपनीले जानकारी दिएको छ। दलित वा अल्पसंख्यकतर्फ दुई पदका लागि पाँच जना र महिलातर्फ चार पदको लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । गाउँकार्यपालिका पदका लागि शनिबार सम्पन्न मतदानमा जसपा र लोसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो
-
चीनले मानव इतिहासकै सबैभन्दा शक्तिशाली मेसिन गन बनाउँदै
-
इमरान र बसिरको अर्धशतकसँगै बागमतीविरुद्ध आर्मीले बनायो कीर्तिमानी रन
-
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
-
पेटको बोसो घटाउने योगासन
-
इमरान शेखलाई पछ्याउँदै बसिर अहमदले पनि अर्धशतक बनाए