रुपन्देही दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत
रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाएका ९ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मृतक ९ मध्ये ८ जनाको सनाखत भएको रुपन्देहीका एसपी रबिन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
आइतबार बिहान जनपकुरबाट भैरहवा आउँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस भैहरवा–परासी हुलाकी सडक खण्डको पुलबाट खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा ३ जना भारतिय नागरिक छन् । भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा र संजय गुप्ताको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपािलका वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल, रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् र तिलोत्तमा–८ घर भएकी तुलसी बस्याल छन् । एकजना मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी रेग्मीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण