लिग टू अघि नेपाललाई झड्का, दुबै ओपनर घाइते
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेलका क्रममा घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले टिममा दुई ओपनर घाइते भएकाले उनीहरुको ठाँउमा नयाँ खेलाडी राख्नका लागि तयारी गरिरहेको बताएका छन् ।
‘टुरको समयमा दुई खेलाडी घाइते भएका छन् । आसिफको अलि धेरै चोट छ । कुशलको कम छ । उनीहरुको रिप्लेसमेन्टका लागि छलफल भइरहेको छ,’ मल्लले रातोपाटीसँग भने । नेपाल टिमका विकेटकिपर आसिफको नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो ।
सोही खेलमा कुशललाई फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको मल्लले जानकारी दिए । विश्वकप लिग टू अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जेठ २६ गते ओमानसँग खेल्दैछ । दोस्रो खेल २८ गते अमेरिका, तेस्रो खेल ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या