विक्रम पाण्डेले कांग्रेसका तीन शीर्ष नेतासँग आशीर्वाद लिएर मतदान गरे
चितवन– वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताएका छन् । भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान केन्द्रबाट मतदानपछि आज प्रतिक्रिया दिँदै उनले आफू यस क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार भएकाले काँग्रेस नेताको आशीर्वाद लिएर मतदान गरेको बताए ।
चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष हुन् । उनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताए ।
उनले राप्रपा, काँग्रेससँगै नेकपा एमाले र माओवादीकै मत पनि आफूलाई आउने दाबी गरे । उनीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रतिस्पर्धामा हुन । मन्त्री पाण्डेले आजको यो क्षण ऐतिहासिक भएको भन्दै आम जनतालाई आफ्नो अधिकार निर्धक्क भएर प्रयोग गर्न आग्रह गरे । उनले कसैको लोभलालचमा नपरी आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पनि आह्वान गरे ।
सरकार निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री पाण्डेले आम जनताको साथ र समर्थनबाट निर्वाचन सफल हुने बताए । उत्सवको रुपमा मतदानमा सबै सहभागी हुन उनले आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा आग्रह गरे । आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै उनले घोषणाको प्रक्रिया मात्रै बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई नेपाल फार्मेसी सङ्घको समर्थन
-
कर्णालीको बजेट कर्णालीकै अल्लोको झोलामा
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार