मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय
आइतबार, २२ जेठ २०७९, १५ : २५
नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।
समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
खनालले भने, ‘पार्टीबाट गएका मन्त्रीहरुको कार्यक्षमता भएन, राम्रो नतिजा पनि आएन । सचिवालय बैठकले २४ घण्टाभित्रै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । अब भोलि नै पार्टीबाट सरकारमा नयाँ व्यक्ति पठाउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु