बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

आइतबार, २२ जेठ २०७९, १५ : ०२
आइतबार, २२ जेठ २०७९

तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।

सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

मिसन कमाण्डर चेन दोङसँगै लिउ याङ र काइ जुझे सेन्झाउ–१४ मा सवार छन् । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप