प्राइमलाइफ इन्स्योरेन्स १५ औं वर्षमा प्रवेश
आइतबार, २२ जेठ २०७९, १४ : ४८
प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी २७८ करोड रहेको छ भने जीवन बीमा कोष १७६३ करोड रहेको छ ।
यस्तै हाल सम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड रहँदा कूल बीमालेख संख्या १,७५९,३४४ र लगानी १८.३४ करोड रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) क्षेत्रका मुसहर परिवारलाई भाडाकुडा हस्तान्तरण भएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन