शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

संघीय सरकारबाट पर्सालाई पाँच अर्ब बजेट

आइतबार, २२ जेठ २०७९, १४ : ४७
आइतबार, २२ जेठ २०७९

१४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट  विनियोजन गरेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी  वीरगञ्ज महानगरमा  एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड विनियोजन भएको हो ।  

जसमध्ये तीन नगरपालिकालाई एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई   ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई   ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई   ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो । त्यसैगरी, छिपहरमाई गाउँपालिकालाई   २८ करोड ३५ लाख, जगरनाथपुरलाई २८ करोड ८९ लाख, धोबिनीलाई  २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई ३३ करोड ९८ लाख, ठोरीलाई   ३१ करोड २६ लाख, कालिकामाईलाई   २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।

यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई दुई करोड, जगरनाथपुर गाउँपालिकालाई एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई  दुई करोड, ठोरी गाउँपालिकालाई दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई रु एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप