दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।
यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको थियो । कार्यक्रम सुरु भएयता हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना र चालु आर्थिक २०७८/७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
-
पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ
-
प्रधानमन्त्री ओली जुम्लामा : स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सुरु
-
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै
-
पशुपति धर्मशाला विवादमा जिल्ला अदालतको फैसला : मोहीमा मारवाडीको दाबी पुग्दैन (पूर्णपाठसहित)
-
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु