मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भः विश्व वातावरण दिवस

सफलताको जङ्गलमा असफलताका रुखहरू

आइतबार, २२ जेठ २०७९, १३ : १८
आइतबार, २२ जेठ २०७९

सफलताको जङ्गलमा
केही असफलताका 
रुखहरू पनि रोप्नुपर्ने हुन्छ
तब त प्रकृतिको 
मजा लिन सकिन्छ
केही प्राकृतिक उपहारहरू 
जङ्गलमा रमाउन चाहनेहरूलाई 
दिन सकिन्छ
तर जब जब 
प्रकोपहरू आउँछन्
यो जङ्गल डग्मगाउँदैन
केही सफलताका 
रुखहरू लड्न सक्छन् 
यिनै रुखमा 
बाँदरहरू आएर चढ्न सक्छन् 
फेरि ढलेका रुखहरू बढ्न सक्छन्
केही तस्करले काटेर 
त्यही रुखबाट शिखरतिर 
चढ्न सक्छन् 
तर यो जङ्गल
छिटै सखाप हुँदैन
तृष्णाको पसिना चुहाएर 
यसै जङ्गलबाट फर्कनेहरूलाई 
फेरि आउनु पर्छ भन्दै 
यी रुखहरू रुँदैनन् 
त्यसैले, 
सफलताको जङ्गलमा
केही असफलताका 
रुखहरू पनि रोप्नुपर्ने हुन्छ ।
रोप्नुपर्ने हुन्छ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप