कुन समयमा गरिने व्यायाम उपयुक्त ? अध्ययनले देखायो यस्तो तथ्य
व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायाम समय फरक हुनुपर्छ ।
अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायाम उपर्युक्त हुन्छ । यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए । अध्ययनअनुसार बिहानको व्यायाममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकी पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।
न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो । सहभागीलाई दुई समुहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरुको शारीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो ।
दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घन्टा व्यायाम गरेका थिए । दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको थियो ।
अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए । साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए । बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो ।
अनुसन्धान समूहले बिहानको तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो । त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायाममा उनीहरुले बढी बोसो पगाल्न सक्ने अध्ययनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनकारीमाथि गोली चलाउने आदेश दिनेलाई कारबाही गर्न माग
-
‘कन्कसन सब्स्टिच्युट’ चम्किएपछि भारतलाई इंग्ल्याण्डविरुद्ध लगातार पाँचौँ टी–२० शृङ्खला
-
सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ : सांसद श्रेष्ठ
-
मेक्सिको, क्यानडा र चीनमा कति लाग्ने छ कर ?
-
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत फेला
-
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार