सकियो दयारामको कार्यकाल

चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली भएको छ । दयाराम दाहालको कार्यकाल शुक्रबारबाट सकिएसँगै उक्त पद खाली भएको हो । २०७७ जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई दाहाललाई अध्यक्षमा नियुक्त गरेको थियो । दाहालको नियुक्ति हुँदै गर्दा उनको दुई वर्षे कार्यकालमा चलचित्र क्षेत्रले ठूलै फड्को मार्ने अपेक्षा गरिएको थियो । तर उनको कार्यकालमा चलचित्रको त्यो अपेक्षा पुरा हुन सकेन ।
करिब १६ महिना कोरोनाले प्रभावित बनाएको उनको कार्यकालमा स्टोरी बैंक, चलचित्रकर्मीलाई राहत, पाठ्यक्रम निर्माण, सातै प्रदेशमा छायाङ्कनस्थल पहिचान लगायत केही काम भने भए । उनी राष्ट्रिय अवार्ड वितरण गरेर विवादमा समेत परेका थिए ।
दयारामको कार्यकाल सकिएसँगै विकास बोर्ड अध्यक्ष बन्नका लागि नेपाली काँग्रेस निकट थुप्रै चलचित्रकर्मी दौडमा छन् । त्यसमा अभिनेता भुवन केसीदेखि निर्देशक सम्झना रौनियार उप्रेतीसम्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लोडसेडिङको हट्नुमा कसको कति योगदान ?
-
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन ||LIVE||
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु
-
सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
-
सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन (तस्बिरहरू)