शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शान्ति समाजद्वारा एक दर्जन जिल्लामा वृक्षरोपण

आइतबार, २२ जेठ २०७९, १२ : ३८
आइतबार, २२ जेठ २०७९

५० औँ विश्व वातावरण दिवसका  अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । आइतबार शान्ति समाज काठमाडौँ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामुलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

यसैगरी शान्ति समाजका शाखाहरूको आयोजनामा संखुवासभाको खाँदबारी, सुनसरीको धरान, रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, चितवनको भरतपुर, मोरङको विराटनगर, महोत्तरीको जलेश्वर, पाल्पाको तानसेन, पर्साको विरगञ्ज, काठमाण्डौको गोठाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

यसैगरी विभिन्न निकायसँगको सहकार्यमा सुर्खेत र ललितपुर शाखाले पनि वृक्षारोपण कार्यक्रम गरेको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै संयुक्त राष्ट्रसंघको आह्वानमा ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप