शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आईफा अवार्ड २०२२ : विक्की र कृति उत्कृष्ट

आइतबार, २२ जेठ २०७९, १२ : ३६
आइतबार, २२ जेठ २०७९

अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् ।  अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् ।

कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।

पंकज त्रिपाठी, सई तम्हनकर, अहान शेट्टी, शरवरी वाघ, जुबिन नौटियाल, असीस कौर, ऐआर रहमालगायतले समेत समारोहमा अवार्ड हात पार्न सफल भए । ३ दिन आयोजित अवार्डमा बलिउडका थुप्रै सेलिब्रेटीले धमाकेदार प्रस्तुति राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप