प्रतिस्पर्धी मानिएका जसपा र लोसपासँगै चुनावी तालमेल गर्ने जनमत पार्टीको रणनीति
![प्रतिस्पर्धी मानिएका जसपा र लोसपासँगै चुनावी तालमेल गर्ने जनमत पार्टीको रणनीति](https://rpcdn.ratopati.com/media/albums/janamat_party-nirnaya_gJwQr7V05q.jpg)
संघीय र प्रदेश निर्वाचन मंसिरभित्र गर्ने सरकारको तयारीपछि राजनीतिक दलहरुले चुनावी तालमेलको भित्री तयारी थालेका छन् । ठूला–साना दलहरु संघीय निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने तयारीमा छन् । यसै क्रममा मधेश प्रदेशमा आफ्नो प्रभाव पार्न सफल जनमत पार्टी मधेसवादी दलहरुसँगै चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ ।
पार्टीका नेता बिपी साहले स्थानीय निर्वाचनमा एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसकेको भन्दै संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको बताए । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकीर्ण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ नेता साहले भने ।
मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,-‘लोसपा वा जसपाको जन आधार पनि मधेसमै देखियो । हाम्रो जन आधार पनि यही क्षेत्रमा छ । उहाँहरूसँग तालमेल भए झन् राम्रो ।’ पार्टीका नेताहरुले पनि मधेसवादी दलहरुसँगै सहकार्य गर्नुपर्नेमा जोड दिने गरेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको छुट
-
कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते
-
तेजस्वीसँगको ब्रेकअपको अफवाहमा करण कुन्द्राले लगाए पूर्णविराम
-
नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास
-
जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र
-
बेलायतमा लेबर पार्टी जित नजिक