शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दोलखामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, २२ जेठ २०७९, १२ : २०
आइतबार, २२ जेठ २०७९

दोलखाको चरीकोट जिरी सडकखण्ड अन्तर्गत गौरीशङ्कर बाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथालय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी र जिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग  ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो ।

गाडीसहित  चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप