शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम गरिने

आइतबार, २२ जेठ २०७९, १२ : १२
आइतबार, २२ जेठ २०७९

पोखरा महानगरपालिकामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम सञ्चालन गरिने भएको छ  । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । 
आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् । 

केही वर्ष अगाडि सेती नदीमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा राखे । उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिने खालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् । 

पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएका उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निष्कर्षमा पुगिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप