म्याक्रोंले रुसमाथि दिएको बयानमा किन रुष्ट भयो युक्रेन ?
युक्रेनका विदेशमन्त्रीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले एक विज्ञप्तिमा रुसलाई अपमानित नगर्नु महत्त्वपूर्ण भएको भन्दै कूटनीतिक तवरले यस मामिलाको समाधान गर्ने सम्भावना रहेको बताएका थिए ।
युक्रेनका राष्ट्रपति दिमित्रो कुलेबाले म्याक्रोंको यो भनाइप्रति आपत्ति जनाएका छन् ।
कुलेवाले ट्विट गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
Calls to avoid humiliation of Russia can only humiliate France and every other country that would call for it. Because it is Russia that humiliates itself. We all better focus on how to put Russia in its place. This will bring peace and save lives.
— Dmytro Kuleba (@DmytroKuleba) June 4, 2022
उनले लेखेका छन्, ‘रुसको अपमान गर्न नहुने भन्दै फ्रान्स र यस्तो भन्ने अरु जुनसुकै देशले आफ्नो मात्रै अपमान गराउन सक्छ । किनभने रुसले आफ्नै अपमान गरेको छ । रुसलाई कसरी उसको स्थानमा ल्याउने भन्ने कुरामा सबैको ध्यान केन्द्रीत गर्न सके शान्ति र जीवन बचाउन सकियो भने मात्रै राम्रो हुनसक्छ ।’
म्याक्रोंको यो भनाइ महत्त्वपूर्ण छ किनभने म्याक्रों युद्ध सुरु हुनु अघि र पछि रूसका राष्ट्रपतिसँग लगातार कुरा गर्ने थोरै व्यक्तिहरू मध्ये एक हुन् । उनले शान्ति कायम गर्न पटकपटक हस्तक्षेप गर्ने प्रयास पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान