बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले ल्यायो नयाँ मोडलका वासिङ मेसिन

आइतबार, २२ जेठ २०७९, ११ : ४७
आइतबार, २२ जेठ २०७९

इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङले २०२२ का लागि नयाँ मोडलका वासिङ मेशिनहरु प्रस्तुत गरेको छ । नयाँ एआइ एकोबब्बल वासिङ मेशिनहरु सहज गुणस्तरीय रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वासिङ मेसिन ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु रहेका छन् ।

‘२०२२ का वासिङ्ग मेशिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध छन् र यी मोडलहरु एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विेशषताहरुयुक्त छन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एआइ कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ, साथै मेशिन लर्निङ प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ । २०२२ का वासिङ्ग मेशिनहरुमा सामसङ्गको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ । उच्च गुणस्तरको सफाई र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जुसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जि जीवाणुहरु र हटाउन सक्षम छ ।’

यी सम्पूर्ण नयाँ वासिङ्ग मेशिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङ्गको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुने जनाइएको । यी मेशिनहरुको शुरुवाती मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप