भारतको ‘रामोजी फिल्म सिटी’मा ‘ह्रस्व दीर्घ’ छायाङ्कनको तयारीमा नीता
अभिनेत्री नीता ढुङ्गानाको नीजि कम्पनी नीता फिल्मस्ले निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’ मा छायाङ्कन हुने भएको छ । फिल्म मुख्य अभिनेता हरिहर अधिकारीले फिल्म ‘रामोजी फिल्म सिटी’ मा छायाँकन हुन लागेका जानकारी दिए ।
उनले भने ‘फिल्म छायांकनका लागि निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको छ ।’ के कसरी सम्झौता भएको विषयमा भने अधिकारीले खुलाउन चाहेनन् । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज बुकमा रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी’ हैदरावादमा छ । यो फिल्म सिटीमा नेपाली फिल्म पहिलोपटक सुटिङ हुन लागेको हो । बलिउड तथा दक्षिण भारतिय अधिकांश फिल्महरु यो स्टुडियोमा छायांकन हुने गर्दछ ।
नीता ढुङ्गाना र हरिहर अधिकारीको मुख्य भूमिका रहने फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका केही कलाकारको समेत अभिनय रहनेछ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । श्रावण महिनाबाट फ्लोरमा जाने फिल्मको छायाङ्कन बलिउडमा छायाँकार कविरलालले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन
-
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग