
दियाको बाल कथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ बजारमा

दिया सापकोटाको अङ्ग्रेजी बाल कथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ । दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन् ।
हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ । यस पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्छन् । वातावरणमैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन् ।
सात वर्षको उमेरदेखि नै कथा लेख्न थालेकी दिया यस पुस्तक प्रकाशन हुँदा एघार वर्ष पूरा भएकी छिन् । पुस्तकमा जम्मा नौ थान बालकथा समेटिएका छन् । तारा सापकोटाले उक्त कथाका लागि चित्र बनाएकी छिन् ।
पुस्तक बालबालिकाका लागि उर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ । कलम प्रकाशनले प्रकाशन गरेको ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’को मूल्य २ सय रुपैयाँ रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ