स्पष्टीकरणबारे घनश्याम भुसाल भन्छन्– म आफ्नो कुरामा धेरै प्रस्ट छु
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो ।
तर भुसालले आफूलाई कारवाहीको सिफारिसबारे कुनै जानकारी नभएको भन्दै आफू आफ्नो कुरामा प्रस्ट रहेको बताए । ‘म आफ्नो कुरामा प्रस्ट छु’, भुसालले आफ्नो चिन्ता वाम आन्दोलन र एमाले बिग्रियो भन्ने रहेको बताए ।
‘मेरो चिन्ता एमाले बिग्रियो भन्ने हो । मेरो पोजिसन, मेरो अध्यक्षको पोजिसन यो सवै वाम आन्दोलनभित्र, नेकपा एमालेको जीवनभित्र छ’, भुसालको भनाइ छ । उनले व्यक्तिहरुको जीवन पार्टीभित्र खोज्नुपर्ने भन्दै वाम आन्दोलन र नेकपा एमालेको नीति सिद्धान्तभित्र त्यो जीवन आफूले खोजिरहेको बताए । ‘मेरा स्वार्थ, मेरा हित र मेरो अहंकारभित्र मैले मेरो समूह, समाज र आन्दोलन खोज्ने होइन । म आफ्नो कुरामा धेरै प्रस्ट छु’, भुसालको भनाइ छ ।
भुसालले आयोगको अध्यक्षले नै कारबाहीबारे भनिसकेपछि केही भइरहेको छ भन्ने बुझ्न सकिने बताए । ‘तर के भएको हो भन्ने कुरा मैले राम्ररी थाहा पाएको छैन’, भुसालले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण