बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही बस दुर्घटना अपडेट : ५ जनाको सनाखत

आइतबार, २२ जेठ २०७९, ०९ : ०३
आइतबार, २२ जेठ २०७९

रुपन्देहीकाे रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको छ । 

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । रुपन्देही डिएस्पी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ ।  दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा सडक खण्डस्थित पुलबाट खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप