बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सेतु बिकको सालिक तोडफोड गरेकोमा दलित जागरणको विरोध

आइतबार, २२ जेठ २०७९, ०८ : ५३
आइतबार, २२ जेठ २०७९

नेपालगन्जमा रहेको ०६२/६३ का लोकतान्त्रिक सहिद सेतु बिकको सालिक तोडफोड र रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको घटनालाई छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै राष्ट्रिय दलित मुक्त जागरण अभियानले विरोध सभा आयोजना गरेको छ  ।

मधेस प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकाको कल्याणपुर बजारमा विरोध सभा आयोजना गरिएको हो । जागरण अभियानका अभियान्ताहरुले बजार परिक्रमा गरी कल्याणपुर चौकीमा पुगेर कोणसभा गरी कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रोही, जिल्ला संयोजक प्रथमलाल राम, खडक नपा संयोजक गंगा सदा, सचिव चन्द्रनारायण राम, मधेस प्रदेश कोओर्डिनेटर बद्री सदा, यसोदा गदाल, जितेन्द्र विश्वकर्मा लगायतले दुवै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय संयोजक विद्रोहीले ´स्वर्गीय राजा विरेन्द्रको सालिक राख्ने क्रममा प्रहरीसँग भएको झडपको विषयको आक्रोशमा दलित महिलाको सालिक तोडफोड गर्नु निन्दनीय र विभेदकारी भएको बताए । उनले थपे, 'सुन्दर हरिजनको घटना पनि जात व्यवस्थाकै कारण अनाहकमा अन्य दोषीको मुद्दामा थुनामा राखेर निर्मम यातना दिएर हत्या गरेको देखिन्छ । घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिन हाम्रो माग छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप